Home > Work > फिट्किरी [Phitkiri]
1 " नेभर मेक वान पर्सन द रिजन अफ योर एन्टायर ह्यापिनेस । "
― Sajan Kc. , फिट्किरी [Phitkiri]
2 " मेरो ल्यापटपको वालपेपरमा भएको मरुभूमिबिचको एकलासे रुखझैँ भएको थिएँ सायद । एक्लै छोडिएको । "
3 " सायद अब हरेक प्रेमजन्य कुराहरुमा पनि लेखिनु आवश्यक छ, “प्रेम स्वास्थ्यको लागि हानिकारक छ ! "
4 " तिमी एक्लै हुन्छु भनेर नडराऊ । आजकल कोही चाहेर पनि एक्लै हुन सक्दैन । जनसङ्ख्या यति बिघ्न बढेको छ कि कतै न कतै कुनै मोडमा चाहेर नचाहेर कसै न कसैसँग ठोक्किइहालिन्छ । डुब्न खोज्दाखोज्दै पनि, उतार्ने कोही भेटिहालिन्छ । "
5 " प्रेम एक यस्तो सागर हो जहाँ पौडेर उत्रने होइन डुबेर सास फेर्न सिक्नुपर्छ । "
6 " चर्केको ओठ बिसेक पार्ने लिप कियर भएजस्तै चर्केको मन बिसेक पार्ने हर्ट कियर पनि भैदिए कस्तो हुँदो हो ! "